Isaiah 14:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सर्वशक्तिमान् परमप्रभु भन्‍नुहुन्‍छ, “म बेबिलोनमाथि हमला गर्नेछु र त्‍यसलाई ध्‍वंस पार्नेछु। म कसैलाई छोड्‍नेछैनँ। केटा-केटीहरूलाई पनि छोड्‍नेछैनँ र कोही बाँच्‍नेछैन। म परमप्रभु बोल्‍दछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“सर्वशक्तिमान्‌ परमप्रभु यो घोषणा गर्नुहुन्‍छ, ‘म उनीहरूका विरुद्धमा खड़ा हुनेछु, र बेबिलोनबाट बाँचेकाहरू, त्‍यसका बालबच्‍चाहरू, र त्‍यसको नाउँ मेटिदिनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ: “म तिनीहरूको विरुद्ध उठ्नेछु। म बेबिलोनबाट बाँचेकाहरू, त्यसका सन्तान र त्यसको नाम मेटिदिनेछु,” याहवेह घोषणा गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
सेनाहरूका परमप्रभुले भन्नुभयो, “म ती मानिसहरूका विरूद्धमा लडाई गर्न उपस्थित हुनेछु। त्यो नाउँ चलेको शहर बाबेल ध्वंश पार्नेछु। म बाबेलका मानिसहरूलाई नष्ट पार्नेछु। म तिनीहरूका नानीहरूलाई नष्ट गर्नेछु। तिनीहरूका नाती र नातिनीहरूलाई नष्ट पारिदिनेछु।” परमप्रभु स्वयंले त्यस्ता कुराहरू भन्नुभयो।