Isaiah 14:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म बेबिलोनलाई एउटा सिमसार बनाउनेछु र त्यहाँ लाटोकोसेरोहरू बास गर्नेछन्। म बेबिलोनलाई कूचोले बढारेझैँ सबै कुरा नाश पारिदिनेछु। म, सर्वशक्तिमान् परमप्रभुले यसो भन्दछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म त्यसलाई लाटोकोसेरो बस्ने ठाउँ र धाप बनाउनेछु। म त्यसलाई सर्वनाशको कुच्चोले बढ़ार्नेछु,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“म त्यसलाई उल्लुको स्थानमा, र सिमसार धापमा परिणत गर्नेछु; म त्यसलाई विनाशको कुचोले बढार्नेछु,” सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले भन्नुभयो, “म बाबेललाई परिर्वतन गर्ने छु। त्यो जग्गा मानिसहरूका निम्ति नभएर, पशुहरूका लागि हुनेछ। त्यो ठाउँ दलदल हुनेछ। म ‘त्यसलाई सर्वनाशको कुचोले बढारेर बाबेललाई टाढा फ्याँक्नेछ।” सेनाहरूका परमप्रभुले त्यस्ता कुराहरू भन्नुभयो।