Isaiah 14:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सर्वशक्तिमान् परमप्रभुले यसो भनी शपथ खानुभएको छ, “मैले जे युक्ति गरेको छु, त्‍यो पूरा हुनेछ। मैले जे काम गर्ने सङ्‌कल्‍प गरेको छु, त्‍यो गरिछोड्‍नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सर्वशक्तिमान्‌ परमप्रभुले यसो भनेर शपथ खानुभएको छ, “जो योजना मैले बनाएको छु, त्‍यो निश्‍चय नै पूरा हुनेछ। जो अभिप्राय मैले गरेको छु, त्‍यो स्‍थिर रहनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सेनाहरूका याहवेहले शपथ खानुभएको छ, “मैले जे योजना बनाएको छु, त्यो निश्‍चय पूरा हुनेछ; अनि मैले जे इच्छा गरेको छु, त्यो अटल रहनेछ।
Nepali ERV (पवित्र बाइबल)
सेनाहरूका परमप्रभुले एक शपथ लिनुभयो। र परमप्रभुले भन्नुभयो, “मैले सोचेको जस्तै ती कुराहरू घट्नेछन् भनेर म शपथ गर्नेछु। ती कुराहरू ठीक मैले योजना गरे जस्तै घट्ने छ।