Isaiah 14:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सर्वशक्तिमान् परमप्रभुले त्‍यसो गर्न निश्‍चय गर्नुभएको छ। सजायँ दिनलाई उहाँले आफ्‍नो हात उचाल्‍नुभएको छ र कसैले उहाँलाई रोक्‍न सक्‍दैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने सर्वशक्तिमान्‌ परमप्रभुले अभिप्राय राख्‍नुभएको छ, र कसले त्‍यसको खण्‍डन गर्न सक्‍छ? उहाँको हात पसारिएको छ, र कसले त्‍यो फर्काउन सक्‍छ र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सेनाहरूका याहवेहले नै यो विचार गर्नुभएको हो, कसले उहाँलाई विफल बनाउन सक्ला र? उहाँले हात फैलाउनुभएको छ, कसले त्यसलाई फर्काउन सक्ला र?
Nepali ERV (पवित्र बाइबल)
जब परमप्रभुले योजना बनाउनु हुन्छ, त्यो योजना कसैलेपनि रोक्न सक्तैन्। जब परमप्रभुले आफ्नो शक्तिले मानिसहरूलाई दण्ड दिनलाई उठाउनु हुनेछ, त्यो कसैले पनि रोक्न सक्तैन।