Isaiah 14:31 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“हे पलिश्‍तीका सहरहरू हो, ठूलो सोरले रोओ। तिमीहरू सबैले डर मान! उत्तरबाट धुवाँको बादल आइरहेको छ, त्‍यो एउटा सेना हो, जसमा एक जना पनि काँतर छैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ए मूल ढोका, डाँको छोड़ी-छोड़ी रोऊ! ए सहर, चीत्‍कार गर! ए पलिश्‍तीहरू, तिमीहरू सबै पग्‍लेर जाओ! उत्तरबाट धूवाँको बादल आउँछ, त्‍यसको सेनाको पङ्‌क्तिमा एउटै पनि धरमराउने हुँदैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे मूलढोका, विलाप गर्! हे सहर, चीत्कार गर्! हे सबै पलिश्ती हो, पग्लेर जाओ! उत्तर दिशाबाट धुवाँको बादल आउँछ; अनि त्यसको सेनामा बरालिने कोही छैन।
Nepali ERV (पवित्र बाइबल)
तिमी मानिसहरू आफ्नो शहरको प्रवेशद्वारमा रूनु! शहरका मानिसहरू विलाप गर। पलिश्तीमा तिम्रा सबै मानिसहरू भयभीत हुनेछन्। तिम्रो आँट मोमबत्ती जस्तै पग्लिनेछ। उत्तरतिर हेर। त्यहाँ बादलको रूपमा धूलो छ। अश्शूरबाट सेनाहरू आउँदैछन्। त्यस सेनाका सबै मानिसहरू बलिया छन्।