Isaiah 14:32 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पलिश्‍तीबाट खबर लिएर आउने मानिसहरूलाई हामीले कस्‍तो उत्तर दिनु? हामी तिनीहरूलाई परमप्रभुले सियोनलाई दरिलो बनाउनुभएको छ र उहाँका कष्‍ट पाएका प्रजा अब त्‍यहाँ कुशलसाथ रहनेछन् भनी भन्‍नेछौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब त्‍यस जातिका राजदूतहरूलाई के जवाफ दिने? “परमप्रभुले सियोनलाई स्‍थापित गर्नुभयो, र दु:खमा परेका उहाँका प्रजाहरूले त्‍यसमा शरण पाउनेछन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस जातिका राजदूतहरूलाई कस्तो जवाफ दिइनेछ? “याहवेहले सियोनलाई स्थापित गर्नुभएको छ; अनि कष्‍ट पाएका जातिले त्यसमा आश्रय पाउनेछन्।”
Nepali ERV (पवित्र बाइबल)
त्यस सेनाले सन्देशवाहकहरूलाई तिनीहरूका देशमा पठाउनेछ, ती सन्देश-वाहकहरूले तिनीहरूका मानिसहरूलाई के भन्ने छन? तिनीहरूले घोषणा गर्नेछन्, पलिश्ती पराजित भयो, तर परमप्रभुले सियोनलाई बलियो बनाउनु हुने छ। अनि उहाँका गरीब मानिसहरू त्यहाँ सुरक्षित गए।