Isaiah 14:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जसले रिसमा प्रजाहरूमाथि अत्याचार गर्दथे र आफूले जितेका राष्ट्रहरूलाई कहिल्यै सताउन छोडेका थिएनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसले मानिसहरूलाई रीसमा लगातार हिर्काइरहन्थ्यो र रोक्न नसक्ने सतावटसाथ झोँकमा जाति-जातिहरूलाई दमन गर्थ्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसले रिसमा मानिसहरूलाई लगातार मुक्का लगाइरहन्थ्यो; अनि रिसमा राष्ट्रहरूलाई लगातार आक्रमणद्वारा अधीनमा राखेको थियो।
Nepali ERV (पवित्र बाइबल)
बाबेलका राजा रिसाउँदा मानिसहरूलाई एकहोरो कुटिरहनु हुन्थ्यो। ती दुष्ट शासकहरूले मानिसहरूलाई लगातर कष्ट दिइरहे।