Isaiah 14:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सल्लाका रूखहरू र लेबनानका देवदारुका रूखहरू राजा पतन भएकोमा रमाउनेछन् किनभने उनी मरेकाले अब उसो ती रूखहरू काटी ढालिनेछैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सल्लाका रूखहरू र लेबनानका देवदारुहरू तँलाई हेरी यसो भनेर रमाउँछन्, “तँ ढालिएकोदेखि यसो हामीलाई काट्न कोही रूख काट्ने आएको छैन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सल्लाका रूखहरू र लेबनानका देवदारुसमेत तिमीहरूको अवस्था देखेर रमाउँछन् र भन्छन्, “अब तँ ढलिगएको कारणले काठको काम गर्ने कोही पनि आएर हामीलाई ढाल्दैनन्।”
Nepali ERV (पवित्र बाइबल)
तिमी एकजना पापी राजा हौ र अहिले तिमी समाप्त भएकाछौ। सल्लाका रूखहरूसमेत आनन्दित छन्। लबानोनको देवदारका रूखहरू पनि आनन्दित छन्। ती रूखहरू भन्दछन्, “राजाले हामीलाई ढाले। तर अहिले राजा आफै ढलेका छन् फेरि कहिल्यै उठ्नु हुने छैन्।”