Isaiah 14:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“मरेकाहरूका देशले बेबिलोनका राजालाई स्‍वागत गर्न तयारी गर्दै छ। पृथ्‍वीका शक्तिशाली अगुवाहरूका आत्‍माहरू यताउता घुमिरहेका छन्। राजाहरूका आत्‍माहरू सिंहासनबाट उठ्दै छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तेरो आगमनमा तँलाई भेट्‌न चिहान पनि तेरो निम्‍ति चलमलाएको छ। त्‍यसले मरेर बिदा भइसकेका आत्‍माहरूलाई पनि तँलाई स्‍वागत गर्न जगाउँछ— ती सबै जना जो संसारमा नेताहरू थिए— त्‍यसले उनीहरूलाई आफ्‍ना सिंहासनबाट उठ्‌न लगाउँछ, ती सबै जो जाति-जातिहरूका राजाहरू थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तेरो आगमनको प्रतीक्षामा पाताल पनि उत्प्रेरित भएको छ; त्यसले तँलाई अभिवादन गर्न मरेका आत्माहरूलाई जगाउँछ— संसारका अगुवा भएर रहेका थिए; यसले एक पल्ट जातिहरूमाथि राजा भएकाहरूलाई तिनीहरूका सिंहासनबाट उठाउँछ।
Nepali ERV (पवित्र बाइबल)
पातल उत्तैजित छ किनभने तिमीहरू आइरहेका छौ। तिमीहरूकालागि पातलले सारा संसारका अगुवाहरूका मरेकाहरूलाई जागाउँदछौ। पातलले राजाहरूलाई तिनीहरूको राजगद्दीमा उभ्याउन लागाउछ पाताल तिमीहरूको आगमनमा सबै तयार पारिरहेकोछ।