Isaiah 15:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दीबोनका मानिसहरू मन्‍दिरमा र डाँडामा भएको पूजा-स्‍थलहरूमा रुन उक्‍लन्‍छन्। मोआबका मानिसहरूले नेबो र मेदबा सहरहरूको लागि शोक गर्दै विलाप गर्छन्। तिनीहरूले शोकमा आफ्‍ना केश र दाह्री खौरेका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दीबोन रुनलाई अल्‍गा ठाउँहरूमा त्‍यसको मन्‍दिरमा उक्‍लियो। नेबो र मेदबाका निम्‍ति मोआब डाँको छोड़ी-छोड़ी रुन्‍छ। हरेक कपाल मुड़ाएको छ, र हरेक दाह्री खौरिएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दीबोन त्यसको मन्दिरमा हुन्छ, त्यसका देवस्थानहरूमा रुनलाई उक्लिएको छ; मोआब नेबो र मेदेबाको निम्ति बिलौना गर्छ। प्रत्येक शिर खौरिएको छ; अनि प्रत्येक दाह्री काटिएको छ।
Nepali ERV (पवित्र बाइबल)
राजाका परिवारहरू र दीबोनका मानिसहरू उच्च ठाउँहरूमा रूनलाई गए। नबो र मेदबाको लागि मोआबका मानिसहरू डाको छोडी-छोडी रोए। मानिसहरूले आफ्ना दुःख प्रकट गर्नका निम्ति कपाल र दाह्रीहरू खौरिए।