Isaiah 15:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हेश्बोन र एलाका मानिसहरू सोर उचालेर रुन्छन् र तिनीहरू रोएका यहसासम्म सुनिन्छ। सिपाहीहरू पनि थरथर काँप्छन्। तिनीहरूका मुटुले ठाउँ छोडेको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हेश्बोन र एला चिच्च्याएर रुन्छन्। उनीहरूको सोर यहसासम्मै सुनिन्छ। यसैकारण मोआबका हतियार भिरेका मानिसहरू चर्को सोरले रुन्छन् र उनीहरूका हृदय व्याकुल भएका छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हेश्बोन र एलालेह चीत्कार गर्छन्; तिनीहरूका सोर यहसासम्म नै सुनिन्छ। यसकारण मोआबका हतियारधारी मानिसहरू चीत्कार गर्छन्; र तिनीहरूका हृदय व्याकुल भएका छन्।
Nepali ERV (पवित्र बाइबल)
हेशबोन र एलालेह शहरहरूमा मानिसहरू चिच्याउँदै रोइरहेछन तिनीहरूको आवाजहरू टाढा-टाढा यहसा शहर सम्म पनि सुन्न सकिन्थ्यो। यति सम्म कि सिपाहीहरू र्तसिए। सिपाहीहरू डरले थरथर कामिरहेछन्।