Isaiah 15:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरो हृदय मोआबको निम्‍ति रुँदछ! मानिसहरू भागेर सोअर सहर र एग्‍लत-शलीशियाहसम्‍म पुगेका छन्। कोही रुँदै लूहीततिर जाने उकालो बाटो लागेका छन्। कोही उच्‍च सोरले विलाप गर्दै होरोनैमतिर भाग्‍दै छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो मन मोआबको निम्‍ति रुन्‍छ। त्‍यसका शरणार्थीहरू सोअरसम्‍म र एग्‍लत-शलीशियाहसम्‍मै भागेर जान्‍छन्‌। लूहीतको उकालो बाटोमा उनीहरू रुँदै-रुँदै उक्‍लन्‍छन्‌। होरोनैमको बाटोमा उनीहरू आफ्‍नो विनाशको विलाप गर्छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरो हृदय मोआबको दुर्दशा देखेर रुन्छ; त्यसका भगुवाहरू सोअरसम्म नै, एग्लत-शलीशियाहसम्म नै भागेर जान्छन्। तिनीहरू लूहीत जाने उकालो, रुँदै-रुँदै चढ्छन्; होरोनैम जाने बाटोमा तिनीहरू आफ्ना सर्वनाशको लागि विलाप गर्छन्।
Nepali ERV (पवित्र बाइबल)
मेरो हृदय मोआबको निम्ति रून्छ। उसका मानिसहरू सुरक्षाका निम्ति भागे। तिनीहरू सोअर तर्फ भागे। तिनीहरू एग्लत शलीशियाह तर्फ भागे। मानिसहरू लूहीतको उकालो बाटोहरूमाथि रूदै चिच्याउँदै चढे। होरोनैमा उक्ँलिदा तिनीहरू चिच्याउँदै गए।