Isaiah 16:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब परमप्रभु भन्‍नुहुन्‍छ, “तीन वर्षमा मोआबको ठूलो धन-सम्‍पत्ति खतम हुनेछ। त्‍यसका धेरै मानिसहरूमध्‍ये अति थोरै मात्र बाँच्‍नेछन् र तिनीहरू कमजोर हुनेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर अब परमप्रभु यसो भन्‍नुहुन्‍छ, “ठेक्‍कामा लिएको नोकरले गनेझैँ, तीन वर्ष भित्रमा मोआबको गौरव र त्‍यसका सबै मानिसहरू तुच्‍छ ठहराइनेछन्‌। त्‍यसका बाँचेकाहरूचाहिँ साह्रै थोरै र कमजोर हुनेछन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर अब याहवेह भन्‍नुहुन्छ: “वाचा-बन्धनमा परेको सेवकले आफ्ना दिनहरू गनेझैँ, तीन वर्षभित्रमा मोआबको गौरव र त्यसका सबै मानिसहरू तुच्छ ठहरिनेछन्; अनि त्यसका बाँचेकाहरू अति थोरै र कमजोर हुनेछन्।”
Nepali ERV (पवित्र बाइबल)
अनि अहिले परमप्रभु भन्नुहुन्छ, “तीन वर्षभित्र ज्यालामा काम गर्नेहरूले आफ्नो समय गने झैं सबै मानिसहरूका गर्व र वस्तुहरू समाप्त भएर जानेछ। त्यहाँ केही मानिसहरू मात्र रहनेछन् तर धेरै मानिसहरू हुने छैनन्।” अरामलाई परमेश्वरको सन्देश