Isaiah 16:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू यहूदाका मानिसहरूलाई भन्छन्, “हामी कसो गरौं, सल्लाह देओ। मध्यदिनमा शीतल छाया दिने रूखले झैँ हामीलाई रक्षा गर। हामीलाई तिम्रा छायाँमा विश्राम गर्न देओ। हामी तिम्रो मुलुकमा शरण लिन आएका हौं। कसैले नभेट्ने ठाउँमा हामीलाई लुकाओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हामीलाई सल्लाह दिनुहोस्, केही निर्णय दिनुहोस्। मध्यदिनमा तपाईंको छायालाई रातजस्तै बनाउनुहोस्। शरणार्थीहरूलाई लुकाउनुहोस्, शरणार्थीहरूलाई धोका नदिनुहोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मोआबले भन्छ, “हामीलाई सल्लाह देओ, एउटा निर्णय लेओ। मध्यदिनमा तिम्रो छाया रातझैँ बनाओ! भगुवाहरूलाई लुकाओ, शरणार्थीहरूलाई धोका नदेओ!
Nepali ERV (पवित्र बाइबल)
तिनीहरू भन्दछन्, “हामीलाई सहयोग दिनुहोस्! के गर्नु पर्ने हो बताउनु होस्! मध्यदिनहको घामबाट हामीलाई ओझल पारे जस्तै हाम्रा शत्रुहरूबाट हामीलाई बचाउँनु होस। हाम्रा शत्रुहरूबाट हामी भागिरहेका छौं। हामीलाई लुकाउनु होस्! शत्रुहरूको हातमा पर्न नदिनुहोस्।”