Isaiah 16:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामीलाई तिम्रो देशमा बस्न देओ। हामीलाई नाश पार्न खोज्नेहरूका हातबाट हामीलाई बचाओ।” (अत्याचार र विनाशको अन्त हुनेछ र देशलाई ध्वस्त पार्नेहरू रहनेछैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मोआबबाट निकालिएकाहरू तपाईंसँग बसून्। ध्वंसकारीहरूबाट तिनीहरूका निम्ति एउटा शरणस्थान बन्नुहोस्।” अत्याचारीहरूको अब अन्त हुनेछ, र विनाश रोकिनेछ। अत्याचारीहरू देशबाट हराउनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मोआबी भगुवाहरूलाई तिमीहरूसित बस्न देओ; नाश गर्नेहरूको सामु तिनीहरूका निम्ति आश्रय बनिदेओ।” थिचोमिचो गर्नेहरूको अन्त्य हुनेछ, र सर्वनाश समाप्त हुनेछ; आक्रमणकारी देशबाट लोप हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
ती मोअबबाट आएका मानिसहरूलाई जबरजस्ती आफ्ना घरहरू छोड्न लगाए। यसकारण तिमीहरूका जग्गामा तिनीहरूलाई बस्न देऊ। तिनीहरूका शत्रुहरूबाट तिनीहरूलाई लुकाऊ, लुटपाट रोकिने छ शत्रु पराजित हुनेछ। मानिसहरूलाई दुःख कष्ट दिनेहरू जति यस ठाउँबाट जानेछन्।