Isaiah 16:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहूदाका मानिसहरू भन्‍छन्, “मोआबका मानिसहरू कति घमण्‍डी छन्, त्यो हामीले सुनेका छौं। तिनीहरू अति घमण्‍डी र अहङ्कारी छन्, त्‍यो पनि हामी जान्‍दछौं तर तिनीहरूले धाक लाएको काम लाग्‍नेछैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मोआबका घमण्‍डको कुरा हामीले सुनेका छौं, त्‍यसको अति घमण्‍ड र अहङ्कार, त्‍यसको घमण्‍ड र तुजुक, तर त्‍यसका गर्व व्‍यर्थ छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामीले मोआबको अहङ्कारको कुरा सुनेका छौँ, त्यसका प्रचण्ड अहङ्कार र आत्मभिमान, त्यसको अभिमान, घमण्ड र त्यसको धाक; तर त्यसका घमण्डहरू खोक्रा छन्।
Nepali ERV (पवित्र बाइबल)
हामीले सुनेका छौं कि मोआबका मानिसहरू एकदम अंहकारी र कपटी छन्। ती मानिसहरू हिंसक र ठूला कुराहरू गर्नेवालाहरू छन्। तर घमण्ड चहिँ खाली खोक्रो शब्दमात्र हो।