Isaiah 16:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोआबीहरू आफूले पाएका दु:ख-कष्‍टले रुनेछन्। कीर-हरेशेत सहरमा आफूले खाएका स्‍वादिला भोजनहरू सम्‍झेर तिनीहरू रुनेछन्। तिनीहरू हताश हुनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण मोआबीहरू विलाप गर्छन्‌। उनीहरू मोआबकै लागि एकसाथ विलाप गर्छन्‌। कीर-हरेशेतका मानिसहरूका निम्‍ति तिमीहरू रोओ र विलाप गर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण मोआबीहरू विलाप गर्नेछन्; तिनीहरू एकसाथ मोआबकै निम्ति विलाप गर्नेछन्। कीर-हरेशेतका किसमिसका निम्ति विलौना र शोक गर।
Nepali ERV (पवित्र बाइबल)
त्यही अहंकारको कारणले मोआबका सारा मानिसहरूले दुःख पाउनेछन्। मोआबका सारा मानिसहरू रूनेछन्। मानिसहरू उदास हुनेछन्। विगतमा तिनीहरूसित भएका कुरा तिनीहरूले चाहन्छन्। तिनीहरूले कीरहारेशेतमा बनाएको नेभाएको केकहरूको इच्छा गर्छन्।