Isaiah 16:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हेश्‍बोन छेउका खेतबारी र सिब्‍माका दाखबारीहरू नष्‍ट भएका छन्। ती दाखबारीका दाखमद्यले जाति-जातिका राजाहरू पनि मात्‍दथे। कुनै समयमा त्‍यहाँका दाखका बोटहरू फैलिएर याजेर सहरसम्‍म अनि पूर्वमा मरुभूमि र पश्‍चिममा मृत-सागरका पारिसम्‍मै पुगेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हेश्‍बोनका खेतहरू र सिब्‍माका दाखका बोटहरू पनि ओइलाउँछन्‌। जाति-जातिका शासकहरूले त्‍यसका असल-असल बोटहरू खुट्टाले कुल्‍चीमिल्‍ची गरे, जुनहरू पहिले याजेरसम्‍मै पुगेका थिए र मरुभूमिसम्‍मै फैलिएका थिए। त्‍यसका मुना चारैतिर फैलिएर समुद्र पारिसम्‍मै पुगे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हेश्बोनका खेतहरू र सिब्माका दाखहरू पनि ओइलाउँछन्। जातिहरूका शासकहरूले अति सुन्दर दाखहरू कुल्चेका छन्, जो एक समय याजेरसम्म नै पुगेका थिए; अनि मरुभूमिभरि फैलिएका थिए। तिनीहरूका टुसाहरू फैलिएर समुद्रसम्म पुगेका थिए।
Nepali ERV (पवित्र बाइबल)
हेशबोन अनि सिब्माका दाखका बोटहरूमा दाखहरू नउप्जिनाले मानिसहरू उदास हुनेछन्। विदेशी शासकहरूले दाखका बोटहरू ढाल्नेछन्। शत्रुका सैनिकहरू याजेर शहर र मरूभूमिभरी फैलिए। अनि तिनीहरू समुद्र पारि सम्म फैलिए।