Isaiah 16:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब म याजेरको निम्ति रोएजस्तै सिब्माका दाखबारीको निम्ति पनि रुँदछु। हेश्बोन र एलालेका निम्ति मेरा आँसु खस्छन् किनभने मानिसहरूलाई आनन्द दिने फसल छैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण म सिब्माको दाखका बोटहरूका निम्ति याजेर रोएझैँ रुन्छु। ए हेश्बोन, ए एलाले, मेरो आँसुले म तँलाई भिजाउँछु! तेरा पाकेका फलहरू र फसलका आनन्दको होहल्ला चकमन्न भएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण सिब्माका दाखहरूका निम्ति याजेर रोएझैँ म रुन्छु। हे हेश्बोन, हे एलाले, म तँलाई आँसुले भिजाउँछु! तेरा पाकेको फलहरूका निम्ति निकालिएका आनन्दका चीत्कारहरू चकमन्न पारिएका छन्।
Nepali ERV (पवित्र बाइबल)
“दाखका बोटहरू नष्ट भएकोले गर्दा म याजेर अनि सिब्माको मानिसहरूसित रूनेछ। म हेशबोन र एलालेका मानिसहरूसंग रूनेछ किनभने त्यहाँ फसलहरू हुनेछैन्। त्यहाँ ग्रीष्मऋतुको फलहरू पनि हुने छैन्। अनि त्यहाँ आनन्दको हल्ला पनि हुनेछैन्।