Isaiah 17:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे इस्राएल, तँलाई उद्धार गर्ने र शक्तिशाली चट्टानले झैँ रक्षा गर्ने परमेश्वरलाई तैँले भुलिस्। त्यसकारण तैँले असल दाखबारी बनाएर उत्तम दाखका बोटहरू रोपिस्
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तैंले तेरो उद्धार गर्ने परमेश्वरलाई बिर्सेको छस्, र चट्टान, अर्थात् तेरो किल्लालाई तैंले सम्झिनस्। यसैकारण, यद्यपि तैंले अति सुन्दर बोटहरू रोपिस् र विदेशबाट ल्याएका दाखका बोटहरू लगाइस्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूले परमेश्वर आफ्ना उद्धारकर्तालाई बिर्सेका छौ; तिमीहरूले आफ्ना चट्टान र किल्लालाई सम्झेका छैनौ। यसकारण तिमीहरूले उत्तम बोटहरू र परदेशी कलमीहरू रोप्छौ,
Nepali ERV (पवित्र बाइबल)
यस्तो घटना हुनेछ, किनभने तिमीहरूले परमेश्वरलाई जसले तिमीहरूलाई बचाँउनु हुन्छ भुल्यौ। परमेश्वर नै तिमीहरूका सुरक्षाको ठाउँ हुनुहुन्छ भनेर तिमीहरूले सम्झेनौ। तिमीले टाढा-टाढाबाट एकदम राम्रा खालका दाखका बिरूवाहरू ल्यायौ। तिमीले ती दाखका बिरूवाहरू रोप्न सक्छौ तर तिनीहरू सर्दैनन्।