Isaiah 17:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र तैँले रोपेका दिन ती बढे भने पनि, बिहान रोप्‍नेबित्तिकै बोटमा मुना फस्‍टाए पनि त्‍यहाँ केही फसल हुनेछैन र खालि कष्‍ट र नमेटिने पीडाका दिन हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र ती रोपेको दिन तैंले ती बढ्‌न पनि लगाउँछस्, र बिहानसम्‍म तेरा बिरुवालाई कोपिला लाग्‍ने बनाउँछस्, तापनि रोगको दिन र निको नहुने पीडाको दिनमा फसल शून्‍य हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूले रोपेकै दिन ती हुर्काए तापनि; अनि तिमीहरूले ती बिहान रोपेर कोपिला लागे तापनि रोग र निको नहुने कष्‍टको दिनमा कटनी शून्य हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
तिमीले एक दिन दाखका बिरूहरू रोप्ने छौ र बढाउने चेष्टा गर्नेछौ। अर्को दिन ती बिरूवाहरू बढन शुरू गर्छन्। तर फसल उठाउने गर्यौ आर्को दिन ती बिरूवाहरूले फलदिन थाले। तर फसल काट्ने बेलामा, बोटहरूबाट फलहरू बटुल्न जानेछौ, अनि तिमीहरूले प्रत्येक कुरो मृत देख्नेछौ। एउटा रोगले सबै बिरूवारू मार्नेछ।