Isaiah 17:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
वेगसित बढी आउने बाढझैँ जाति-जाति अघि बढ्छन्। तर परमेश्वरले तिनीहरूलाई हप्काउनुहुनेछ र तिनीहरू पछि सर्नेछन्। डाँडामा बतासले भुस उडाएझैँ र हावाको भुमरीमा परेको परालझैँ तिनीहरू हुर्याइन्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यद्यपि हुर्रिएर आएको पानीको गर्जनझैँ जाति-जातिहरू गर्जन्छन्, जब उहाँले तिनीहरूलाई हप्काउनुहुन्छ, तिनीहरू टाढ़ा भागेर जान्छन्, र बतासले उड़ाएको डाँड़ाको भुस र आँधीबेहरीले उड़ाउने झारझैँ खेदिनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पानीको बेग गर्जेझैँ मानिसहरू गर्जिए तापनि परमेश्वरले तिनीहरूलाई हप्काउनुहुँदा तिनीहरू टाढा-टाढा भाग्नेछन्; अनि डाँडाहरूमा हावाले उडाएका भुसझैँ, र आँधीको सामु सानो झारझैँ हुर्याइनेछन्।
Nepali ERV (पवित्र बाइबल)
अनि मानिसहरू ती छालहरू जस्तै हुनेछन्। परमेश्वरले तिनीहरूलाई हकारेर बोल्नु हुनेछ अनि तिनीहरू टाढा भाग्नेछन् मानिसहरू बतासले खेद्दै उडाई लैजाने भुस जस्ता हुने छन्। मानिसहरू हुरीले उखेलेर उडाउने जङ्गली झारहरू जस्तै हुनेछन हुरी चल्नेछ र जङ्गली झारहरू उडाई लानेछ।