Isaiah 17:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अन्‍न काटेर बटुलिसकेपछि खेतजस्‍तै हुन्‍छ, त्‍यस्‍तै इस्राएल हुनेछ, रपाईका बेँसीबाट सबै सिलाबाला टिपिसकेपछि त्‍यो जस्‍तो उजाड हुन्‍छ, त्‍यस्‍तै इस्राएल उजाड हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यो कटनी गर्नेले पाकेको अन्‍न बटुलेझैँ, र आफ्‍नो पाखुराले फसलको अन्‍न काटेझैँ, रपाईहरूको बेँसीमा एउटा मानिसले शिला-बाला टिपेझैँ हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कटनी गर्नेले खडा रहेको बाली जम्मा गरेजस्तो त्यो हुनेछ; त्यसको हातले अन्‍न टिपेझैँ रपाईहरूको बेँसीमा कुनै मानिसले शिला-बाला टिपेझैँ त्यो हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
त्यस समय रफाईमको वेंसीमा बाली भित्र्याउने समय जस्तै हुनेछ। कर्मीहरूले खेतमा सप्रेको बाली थुर्पाछन्। तब तिनीहरूको बोटहरूबाट बाला टिप्छन अनि अन्न बटुल्छन्।