Isaiah 17:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएल टुप्‍पोमा मात्र वा तल्‍लो हाँगामा मात्र दुई-तीन वटा फल छोडिएर नाङ्गो पारिएको जैतुनको रूखझैँ हुनेछ र थोरै महिना मात्र बाँच्‍नेछ। परमप्रभु इस्राएलका परमेश्‍वर भन्‍नुहुन्‍छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तापनि जैतून झारेपछि अलि-अलि फलहरू रहेझैँ, त्‍यसमा केही शिला रहनेछ— माथिल्‍लो हाँगाको टुप्‍पामा दुई-तीन वटा फलहरू र फलदायक हाँगाहरूमा चार-पाँच वटा जैतूनका फल रहेझैँ,” परमप्रभु इस्राएलका परमेश्‍वर भन्‍नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तापनि जैतुनको रूखबाट फल झारेपछि दुई-तीन वटा फल हाँगाको टुप्पाका रहेझैँ, चार-पाँच वटा फलदायक हाँगाहरूमा रहेझैँ, केही शिला-बालाचाहिँ रहनेछन्,” याहवेह, इस्राएलका परमेश्‍वर घोषणा गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
त्यसबेला जैतून पाकेको समय जस्तै हुनेछ। मानिसहरू जैतूनको बोटबाट जैतूनहरू मात्र टिप्छन्। तर केही जैतूनहरू मात्र रूखको टुप्पामा रहन्छन्। लगभग चार वा पाँचवटा जैतून रूखको हाँगाहरूमा रहन्छन्। त्यस्तै घटनाहरू ती शहरहरूमा हुनेछ। सेनाहरूका परमप्रभु यसो भन्नु हुन्छ।