Isaiah 18:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यस देशबाट मालिङ्गोले बनेका नाउँमा राजदूतहरू नील नदीको मार्ग भएर आउँछन्। हे फूर्तिला समाचारवाहक हो, फर्केर जाओ! नदीले भाग-भाग गरी छुट्ट्याएको तिम्रो देश जहाँ सारा संसारले डर मानेको बलियो र पराक्रमी जाति, अग्ला र चिल्ला शरीर भएका मानिसहरू बस्छन्, तिनीहरूलाई एउटा समाचार लगेर जाओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसले समुद्रबाट कूशले बनाएका डुङ्गाहरूमा जलपथद्वारा राजदूतहरू पठाउँछ। हे फूर्तिला समाचारवाहक हो, अल्गा र चिल्ला छाला भएको जातिकहाँ जाओ, जससँग नजिक र टाढ़ाकाहरू डराउँछन्, जो बलियो र विजयी छ, अनौठो भाषा बोल्ने जाति जसको देश नदीहरूले भाग-भाग पारिएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसले पानीमाथि निगालोका डुङ्गाहरूमा समुद्री बाटोद्वारा दूतहरू पठाउँछ। फूर्तिला दूतहरू, अग्ला र चिल्ला छाला भएका मानिसहरूकहाँ जाओ; चारैतिर डर मानिएका जातिकहाँ, अनौठो बोली भएका आक्रमणकारी जातिकहाँ, जसको देशलाई नदीहरूले भाग-भाग गरेको छ।
Nepali ERV (पवित्र बाइबल)
त्यस जग्गामा मानिसहरूलाई मालिङ्गोले बनिएका डुङ्गाहरूमा पठाइन्छ। हे फूर्तिला समाचार-वाहकहरू! ती मानिसहरूकहाँ जाऊ जो अग्ला र बलिया छन्! सबै ठाउँका मानिसहरू ती अल्गा अनि बलिया मानिसहरूदेखि डराउँछन्। तिनीहरू बलियो जाति हुन्। तिनीहरूले अन्य जातिहरूलाई परास्त पार्छन्। नदीहरूले भाग-भाग गरेका देशमा तिनीहरू छन्।