Isaiah 18:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले मलाई भन्‍नुभयो, “कटनीको समयको न्‍यानो रातमा चुपचाप शीत झरेझैँ र दिउँसोको गर्मीमा झल्‍लमल्‍ल घाम लागेझैँ म स्‍वर्गबाट तल हेर्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले मलाई यसो भन्‍नुहुन्‍छ, “घामको चर्को ताप र कटनीको गर्मीमा शीतको बादलझैँ म चूपचाप बस्‍नेछु, र मेरो बस्‍ने ठाउँदेखि हेर्नेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले मलाई यसो भन्‍नुहुन्छ: “म चुपचाप रहनेछु र घाम चर्केको तापझैँ, र कटनीको समय गर्मीमा शीतको बादलझैँ आफ्नो वासस्थानबाट हेर्नेछु।”
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले भन्नुभयो, “मेरा निम्ति तयार पारेको ठाउँमा म हुनेछु। म चुपचाप ती घटनाहरू भएको हेर्नेछु।