Isaiah 18:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यो समय आउँदै छ, जब सर्वशक्तिमान् परमप्रभुले नदीले भाग-भाग पारेको यो देश यो बलियो र पराक्रमी राष्ट्र, यी अग्ला र चिल्ला शरीर भएका मानिसहरू, जसको डर सारा संसारले मान्दछ, ती जातिहरूबाट भेटी लिनुहुनेछ। तिनीहरू सर्वशक्तिमान् परमप्रभुको आराधना गरिने सियोन पर्वतमा आउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यस समय सर्वशक्तिमान् परमप्रभुको अगि उपहार ल्याइनेछ। त्यो अल्गा र चिल्ला छाला भएको जातिले, जससँग नजिक र टाढ़ाकाहरू डराउँछन्, जो बलियो र विजयी छ, अनौठो भाषा बोल्ने जाति जसको देश नदीहरूले भाग-भाग पारिएको छ, सर्वशक्तिमान् परमप्रभुको नाउँ भएको ठाउँमा, सियोन पर्वतमा नै परमप्रभुकहाँ उपहार ल्याइनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस समय सेनाहरूका याहवेहको अगि उपहार ल्याइनेछ। अग्ला र चिल्ला छाला भएका मानिसहरूबाट चारैतिर डर मानिएका जातिबाट, अनौठो बोली भएका आक्रमणकारी जातिबाट, जसको देशलाई नदीहरूले भाग गरेको छ। सेनाहरूका याहवेहको नाम भएको ठाउँमा सियोन पर्वतमा नै याहवेहकहाँ उपहार ल्याइनेछ।
Nepali ERV (पवित्र बाइबल)
त्यस समय सेनाहरूका परमप्रभुलाई विषेश भेट चढाइनेछ। त्यो भेट ती अग्ला अनि बलिया मानिसहरूबाट हुनेछ, अत्याचारीहरू ती मानिसहरूसित भयभीत हुन्छन् जो नदीले छुट्याएको भूमिमा बस्छन्। यो भेट परमप्रभुको स्थल सियोन पर्वतमा ल्याइनेछ।