Isaiah 19:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यो दिन आउँदछ, जब मिश्रका मानिसहरू आइमाईजस्‍तै काँतर हुनेछन्। सर्वशक्तिमान् परमप्रभुले तिनीहरूलाई दण्‍ड दिन आफ्‍नो हात उचाल्‍नुभएको देखेर मिश्रबासीहरू डरले काम्‍नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यस दिन मिश्रीहरू स्‍त्रीहरूजस्‍तै हुनेछन्‌। सर्वशक्तिमान्‌ परमप्रभुले तिनीहरूका विरुद्धमा उठाउनुभएको हातबाट तिनीहरू डरले थरथर काम्‍नेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस दिन इजिप्टियनहरू कमजोर स्त्रीहरूझैँ हुनेछन्। तिनीहरू सेनाहरूका याहवेहले तिनीहरूको विरुद्ध उठाउनुभएको हात देखेर डरले काँप्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
त्यसबेला मिश्रदेशवासीहरू डराएकी स्त्रीहरू जस्तै हुनेछन्। तिनीहरू सेनाहरूका परमप्रभुदेखि डराउनेछ। परमप्रभुले तिनीहरूलाई दण्ड दिनलाई उहाँको पाखुरा उठाउनु हुनेछ र तिनीहरू डराउनेछन्।