Isaiah 19:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सर्वशक्तिमान् परमप्रभुले कस्तो दशा तिनीहरूको लागि तयार पार्नुभएको छ, सो सम्झेर तिनीहरू सबै जना यहूदासित डराउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि यहूदा देशले मिश्रीहरूमा त्रास ल्याउनेछ। यहूदाको नाउँ सुन्ने प्रत्येक डराउनेछ, किनभने सर्वशक्तिमान् परमप्रभुले तिनीहरूको विरुद्ध योजना गर्दैहुनुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूको विरुद्ध सेनाहरूका याहवेहले जुन योजना बनाउनुहुँदैछ, त्यसको कारण यहूदाको देशले इजिप्टियनहरूमा आतङ्क ल्याउनेछ, यहूदाको नाम सुनेर हरेक आतङ्कित हुनेछन्।
Nepali ERV (पवित्र बाइबल)
यहूदा देशले सारा मिश्रका मानिसहरूको लागि डराउने ठाउँ हुनेछ। यहूदाको नाउँ सुन्ने बित्तिकै मिश्रका मानिसहरू र्तसिनेछन्। यस्तो हुने नै छ किनभने सेनाहरूका परमप्रभुले मिश्रमा त्यस्तो घटना घटोस, भनेर योजना गर्नु भएको हो।