Isaiah 19:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु आफैं मिश्रबासीहरू माझ प्रकट हुनुहुनेछ, तब तिनीहरूले उहाँलाई ग्रहण गरी पुज्नेछन् र उहाँलाई बलिदान र भेटीहरू चढाउनेछन्। तिनीहरूले उहाँसित गम्भीर प्रतिज्ञाहरू गर्नेछन् र ती पूरा गर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी परमप्रभु मिश्रीहरूमा प्रकट हुनुहुनेछ, र त्यस दिन तिनीहरूले परमप्रभुलाई स्वीकार गर्नेछन्। तिनीहरूले बलिदानहरू र अन्नबलिहरूद्वारा उहाँलाई आराधना गर्नेछन्, र तिनीहरूले परमप्रभुको निम्ति भाकल गरेर त्यो पूरा गर्नेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी याहवेहले आफूलाई इजिप्टियनहरूकहाँ चिनाउनुहुनेछ; अनि त्यस दिन तिनीहरूले याहवेहलाई स्वीकार गर्नेछन्। तिनीहरूले बलिदान र अन्नबलिले पुज्नेछन्; तिनीहरूले याहवेहमा भाकल गर्नेछन् र ती पूरा गर्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
त्यसबेला, मिश्रका मानिसहरूले परमप्रभुले साँचो रूपमा जान्नेछन्। मिश्रका मानिसहरूले परमेश्वरलाई प्रेम गर्नेछन्। मानिसहरूले परमेश्वरको सेवा गर्नेछन् र धेरै बलिदानहरू अर्पण गर्नेछन्। तिनीहरूले परमप्रभुसित भाकल गर्नेछन्। अनि तिनीहरूले ती प्रतिज्ञाहरू कायम राख्नेछन्।