Isaiah 19:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यो समय आएपछि मिश्र र अश्‍शूरका बीच एउटा राजमार्ग हुनेछ। ती दुई देशका मानिसहरू आपसमा आउ-जाउ गर्नेछन् र दुई जातिले एकसाथ पूजा गर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यस दिन मिश्रदेशदेखि अश्‍शूर देशसम्‍म एउटा मूलबाटो हुनेछ। अश्‍शूरीहरू मिश्रदेशमा र मिश्रीहरू अश्‍शूर देशमा आवतजावत गर्नेछन्‌। मिश्रीहरू र अश्‍शूरीहरूले एकैसाथ आराधना गर्नेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस दिन इजिप्टदेखि अश्शूरसम्म एउटा राजमार्ग हुनेछ। अश्शूरीहरू इजिप्टमा आउनेछन्, र इजिप्टियनहरू अश्शूरमा जानेछन्; अनि इजिप्टियनहरू र अश्शूरीहरूले एकैसाथ आराधना गर्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
त्यस समयमा मानिसहरू अश्शूरबाट मिश्र अनि मिश्रबाट अश्शूर जानेछन्। मिश्र र अश्शूरका मानिसहरूसँगै आराधना गर्नेछन्।