Isaiah 19:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म मिश्रीहरूको युक्ति भङ्ग गर्नेछु र तिनीहरूका साहस हराउनेछ। तिनीहरूले आफ्ना देवदेवताका मूर्तिहरूलाई र प्रेत खेलाउनेको र मन्त्रतन्त्र गर्नेहरूको सल्लाह लिनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मिश्रीहरू हताश हुनेछन्, तिनीहरूका योजना म बेकार बनाउनेछु। तिनीहरूले देवताहरू, प्रेतहरू, मन्त्रतन्त्र गर्नेहरू र झाँक्रीहरूकहाँ गएर सोध्नेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इजिप्टियनहरू निराश हुनेछन्, र म तिनीहरूको योजना विफल गराउनेछु; तिनीहरूले मूर्तिहरू र मरेकाहरूका आत्मासित, तन्त्रमन्त्र गर्नेहरू र भूतप्रेत खेलाउनेहरूसित सल्लाह लिनेछन्।
Nepali ERV (पवित्र बाइबल)
मिश्रका मानिसहरू दोधारमा पर्नेछन्। ती मानिसहरू आफ्ना झूटा देवताहरू अनि ज्ञानी जनलाई सोध्नेछन्, के गर्नु पर्नेछ? तिनीहरूले आफ्ना तांत्रिकहरू र झाँक्रीहरूलाई सोध्नेछन्। तर तिनीहरूको उपदेश अनुपयोगी हुनेछन्।”