Isaiah 19:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नील नदीको मुखको घाँस-पात र त्यसको किनारमा रोपेको अन्नबाली सुकेर जानेछ र बतासले उडाएर लैजानेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
साथै नील नदीको किनारतिर र नील नदीको मुखैमा भएका बाली ओइलाउनेछन्। तिनलाई बतासले उड़ाएर लैजानेछ, र ती रहनेछैनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
नील नदीका किनारका र नदीका नजिकै भएका बिरुवाहरू पनि ओइलाउनेछन्। नील नदीका किनारमा लगाएका प्रत्येक बाली सुकेर जानेछ, र ती बतासले उडाएर लैजानेछ।
Nepali ERV (पवित्र बाइबल)
सारा उद्भिद नदीका किनारहरूसँगै मर्नेछन् र उडेर जानेछन्। नदीको ठूलो भागमा भएको उद्भिदहरू समेत मरेर जाने छ।