Isaiah 2:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जब परमप्रभु पृथ्वीमा थर्कमान गर्न आउनुहुन्छ, तब उहाँको क्रोधबाट बाँच्न र उहाँका महिमा र शक्तिबाट लुक्न मानिसहरू चट्टान र पहराका गुफामा वा जमिनमा खाल्डो खनी त्यसभित्र पस्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब पृथ्वीलाई थर्कमान तुल्याउन परमप्रभु उठ्नुहुन्छ, तब परमप्रभुको भय र उहाँको महामहिम प्रतापबाट मानिसहरू चट्टानका गुफा र पृथ्वीका प्वालहरूभित्र पस्नेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब पृथ्वी हल्लाउनलाई याहवेह उठ्नुहुन्छ, तब उहाँको डर र उहाँको वैभवको प्रतापबाट मानिसहरू चट्टानका गुफाहरूतिर र पृथ्वीका प्वालहरूभित्र पस्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरू ओडारहरू र पृथ्वीका चेपचापमा लुक्ने छन्। मानिसहरू परमप्रभु र उहाँको महामहिम शक्तिबाट डराउनेछन्। यो घट्ना त्यतिबेला घट्ने छ जब परमप्रभुले पृथ्वीलाई थर्काउन उभिनु हुन्छ।