Isaiah 2:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यो दिन तिनीहरू आफूले बनाएका सुन र चाँदीका मूर्तिहरू फ्‍याँकेर छुचुन्‍द्रा र चमेराहरूको अघि छोडिदिनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यस दिन मानिसहरूले आफ्‍ना निम्‍ति पुज्‍नलाई बनाएका सुन र चाँदीका मूर्तिहरू छुचुन्‍द्रा र चमेराका अगि फालिदिनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस दिन मानिसहरूले आफ्ना लागि पुज्न भनी बनाएका चाँदीका मूर्तिहरू र सुनका मूर्तिहरू छुचुन्द्रा र चमेराहरूको अगि फालिदिनेछन्।
Nepali ERV (पवित्र बाइबल)
त्यतिबेला मानिसहरूले आफ्ना सुन र चाँदीका मूर्तिहरू फ्याँकि दिनेछन्। ती मूर्तिहरू मानिसहरूले पुज्न सकुन भनेर उनीहरूले नै बनाएका थिए। मानिसहरूले ती मूर्तिहरू पृथ्वीका प्वालहरूमा फ्याँकिदिनेछन् जहाँ चमेराहरू र छुचुन्द्रा बस्छन्।