Isaiah 2:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पृथ्‍वीलाई थर्कमान पार्न परमप्रभु आउनुहुँदा मानिसहरू उहाँको क्रोधबाट बाँच्‍न र उहाँका महिमा र शक्तिबाट लुक्‍न पहराका ध्‍वान्‍द्रा र गुफाहरूमा पस्‍नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब पृथ्‍वीलाई थर्कमान तुल्‍याउन परमप्रभु उठ्‌नुहुन्‍छ, उहाँको भय र उहाँको महामहिम प्रतापबाट तिनीहरू भागेर चट्टानका कन्‍दराहरू र चट्टानका चिराहरूभित्र जानेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले पृथ्वीलाई हल्‍लाउनलाई उठ्नुहुँदा उहाँको डर र उहाँको वैभवको प्रतापबाट तिनीहरू चट्टानका कन्दराहरूतिर र चट्टानका धाँदाहरूभित्र भागेर जानेछन्।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि मानिसहरू चट्टानका-कन्दरातिर लुक्नेछन्। तिनीहरू परमप्रभु र उहाँका महान शक्तिबाट भयभीत भएर त्यसो गर्नेछन्। यो त्यतिबेला घट्ना घट्ने छ जब परमप्रभुले पृथ्वीलाई थर्थर कमाउन उठ्नु हुनेछ।