Isaiah 20:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तीन वर्षअघि परमप्रभुले आमोजका छोरा यशैयालाई “तेरा खुट्टाका चप्पल र शरीरको भाङ्ग्रा फुकाल्,” भन्नुभएको थियो। तिनले त्यसै गरे र खाली खुट्टा र नाङ्गै हिँड्दथे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यस बेला परमप्रभुले आमोजका छोरा यशैयाद्वारा बोल्नुभयो। उहाँले तिनलाई यसो भन्नुभयो, “जा, तेरो शरीरबाट भाङ्ग्रा उतार् र तेरा खुट्टाबाट जुत्ता फुकाल्।” अनि तिनले त्यसै गरे, र तिनी नाङ्गै र खालि खुट्टा हिँड्न लागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस बेला याहवेह आमोजका छोरा यशैयाद्वारा बोल्नुभयो। उहाँले तिनलाई भन्नुभयो, “आफ्नो शरीरबाट भाङ्ग्रा र आफ्ना खुट्टाबाट जुत्ता फुकाल्।” अनि तिनले त्यसै गरे; तिनी नाङ्गो र खाली खुट्टा यताउता हिँड्न थाले।
Nepali ERV (पवित्र बाइबल)
त्यस बेला, परमप्रभुले आमोसका छोरा यशैयाद्वारा बोल्नुभयो, “जाऊ, तिम्रा कम्मरबाट उदासपूर्ण लुगाहरू खोलेर फ्याँक। खुट्टाहरूबाट जुत्ताहरू खोल।” यशैयाले परमप्रभुको आज्ञा पालन गरे। अनि यशैया निवस्त्र र खाली खुट्टा वरिपरि हिंडे।