Isaiah 20:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यो समय आएपछि पलिश्‍ती देशका समुद्र किनारमा बास गर्ने मानिसहरूले भन्‍नेछन्, ‘अश्‍शूरका महाराजाबाट हामीलाई बचाउलान् भनी हामीले भर परेका मानिसहरूको के गति भएको छ, हेर! हामी अब कसरी बाँच्‍न सकौंला’?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यस दिन समुद्रको यस किनारका बासिन्‍दाहरूले भन्‍नेछन्, ‘हेर, अश्‍शूरका राजाबाट बाँच्‍न जस-जसमाथि हामी भर परेका थियौं र जसकहाँ सहायताको निम्‍ति हामी भागेका थियौं, तिनीहरूकै हालत यस्‍तो भएको छ। तब हामी कसरी भाग्‍न सकौंला’?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस दिन समुद्रका किनारमा बस्‍नेहरूले यसो भन्‍नेछन्; ‘हेर, हामीले जसमाथि भरोसा राखेका थियौँ, अश्शूरका राजाबाट उम्कनलाई सहायता माग्न हामी जसकहाँ भागेका थियौँ, तिनीहरूकै अवस्था यस्तो भएको छ! तब हामी कसरी उम्कौँला?’ ”
Nepali ERV (पवित्र बाइबल)
समुद्रको छेउमा बस्ने मानिसहरूले यसो भन्नेछन्, “हामीलाई सहयोग गर्न ती देशहरूलाई भरोसा गर्यौं। तिनीहरूले हामीलाई अश्शूरका राजाबाट छुट्कर दिलाउने छन् भन्ने आशमा हामी तिनीहरूकहाँ पुग्यौ, तर तिनीहरूलाई हेर! ती देशहरू कब्जामा पारिए। यसर्थ हामी कसरी जोगाउन सकिन्छ?”