Isaiah 21:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे मेरा प्रजा इस्राएल, खलामा गहुँ पिटिएझैँ तिमीहरू पिटिएका छौ। मैले जे शुभ-खबर सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वरबाट सुनें, त्यही तिमीहरूलाई सुनाउँदछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ए मेरो प्रजा, दाइँ गर्ने खलामा पेलिएकाहरू! सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वरबाट मैले जे सुनें, त्यो म तिमीहरूलाई भन्छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे खलामा दाइँ गरिएका मेरा मानिस हो, मैले सेनाहरूका याहवेह, इस्राएलका परमेश्वरबाट जे सुनेको छु, त्यो म तिमीहरूलाई भन्छु।
Nepali ERV (पवित्र बाइबल)
“मेरा मानिसहरू तिमीहरूलाई मैले भनिसकेको छु सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वरबाट मैले सुनिसकेकोछु। जाँतोले गहुँ पिंधे जस्तै तिमीहरू पनि पिधिंनेछौ।”