Isaiah 21:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले दर्शनमा देखेको र सुनेको कुराले मलाई भय र कष्‍टमा पारेका छन्। त्‍यो कष्‍ट आइमाईलाई बच्‍चा जन्‍माउन लाग्‍दा परेको पीडाझैँ छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले मेरो शरीर पीडाले भरिएको छ। प्रसववेदनामा परेकी स्‍त्रीझैँ तीक्ष्ण वेदनाले मलाई पक्रेको छ। म जे सुन्‍छु त्‍यसले म धरमराउँछु। म जे देख्‍छु त्‍यसले मलाई व्‍याकुल पार्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यस दर्शनले मेरो शरीर कष्‍टले भरिएको छ, मलाई प्रसव-वेदनामा परेकी स्त्रीलाई झैँ व्यथा लागेको छ; म जे सुन्छु, त्यसको कारण म धरमराएको छु, म जे देख्छु, त्यसको कारण म हडबडाएको छु।
Nepali ERV (पवित्र बाइबल)
मैले त्यस्ता भयानक कुराहरू देखें, अनि अहिले म डराएँ। डरले गर्दा मेरो भूडी दुख्छ। त्यो पीडा स्त्री जातिलाई हुने नानी जन्माउने बेला भएकी प्रसव पीडा जस्तो छ। जुन कुरा मैले सुनें त्यसले मलाई एकदम भयभीत पार्यो। जुन कुरा मैले देखें त्यसले मलाई डरले थर-थर कमायो।