Isaiah 21:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दर्शनमा भोजन तयार पारिएको छ; पाहुनाहरूलाई बस्‍न कम्‍बलहरू ओछ्याएका छन्। तिनीहरूले खाँदै र पिउँदै थिए। अचानक हुकुम आयो, “हाकिमहरू हो, तयार होओ! आफ्‍ना ढालहरू उठाओ!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले टेबिल तयार गर्छन्, गलैँचा बिछ्याउँछन्, खान्‍छन्‌ र पिउँछन्‌। हे अधिकृतहरू हो, उठ, ढालमा तेल लगाओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू टेबुल सजाउँछन्, तिनीहरू गलैँचा ओछ्याउँछन्, तिनीहरू खान्छन्, तिनीहरू पिउँछन्! अधिकृतहरू उठ, ढालमा तेल लगाओ!
Nepali ERV (पवित्र बाइबल)
मानिसहरू सोच्दछन् कि प्रत्येक कुरो ठीक छ। मानिसहरू रात्री भोजनको लागि टेबल ठीक पार्दैछन्।” सैनिकहरू पनि भन्दैछन्, “रक्षकहरू पठाऊ। अधिकारीहरू उठ अनि आफ्नो ढाल चम्काऊ।”