Isaiah 21:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अचानक तिनीहरू आउन लागे, घोडामा चढेका मानिसहरू जोडी-जोडी गरेर। पहरादारले खबर दियो, “बेबिलोनको पतन भयो! तिनीहरूले पुज्‍ने गरेका सबै मूर्तिहरू टुक्रा-टुक्रा भई जमिनमा छरिएका छन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हेर्नुहोस्, घोड़ाको टोली भएको रथमा एक जना मानिस आउँदैछ। अनि त्‍यसले जवाफ दिएर भन्‍छ, ‘बेबिलोनको पतन भयो, पतन भयो, र त्‍यसका कुँदेर बनाएका देवताका सबै मूर्तिहरू चकनाचूर पारिएर जमिनमा पड़िरहेका छन्‌’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हेर्नुहोस्, एउटा मानिस घोडाहरूको टोलीसित रथमा सवार भएर आइरहेछ। अनि त्यसले प्रत्युत्तर दिन्छ: ‘बेबिलोन ढलेको छ, ढलेको छ! त्यसका देवताहरूका सबै मूर्तिहरू चकनाचुर पारिएर भुइँमा छरिएका छन्।’ ”
Nepali ERV (पवित्र बाइबल)
हेर! तिनीहरू आइरहे छन्! मानिसहरूका लस्कर र घोडचडी सिपाहीहरूका लस्कर म देख्छु।” तब एउटा सन्देशवाहकले भन्यो, “बाबेल पराजित भयो। बाबेलको पतन भयो। उसका सारा झूटा देवताका मूर्तिहरू भूईंमा बजार्दै फ्याँकिए अनि ती सबै टुक्रा-टुक्रा भए।”