Isaiah 22:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसको सट्टामा तिमीहरूले हाँस्दै रमाहट गर्यौ। गोरु र भेडा खानलाई काट्यौ। मद्य पियौ। तिमीहरूले भन्यौ, “लौ खाऔं र पिऔं। भोलि त हामी मर्नेछौं।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर हेर, आनन्द र मोजमज्जा मनाइँदैछ। पशुहरू संहार गर्ने र भेड़ाहरू मार्ने, मासु खाने र मद्य पिउने काम पो भइरहेछ। तिमीहरू भन्छौ, “लौ, खाऔं र पियौं, किनकि भोलि त हामी मर्छौं।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर हेर, आनन्द र रमाहट, पशुहरू संहार गर्ने र भेडाहरू मार्ने, मासु खाने र मद्य पिउने काम भइरहेछ! तिमीहरू भन्छौ, “लौ, खाऔँ र पियौँ; किनकि भोलि त हामी मर्नेछौँ!”
Nepali ERV (पवित्र बाइबल)
तर हेर! मानिसहरू अहिले खुशी छन्। मानिसहरू प्रफुल्लित छन्। तिनीहरूले गाईहरू अनि भेडाहरू मारिरहेकाछन्, भोज खाइरहेकाछन् खाद्य र मद ग्रहण गरिरहेकाछन् अनि भनिरहेकाछन्, “खाऊ अनि मदपान गर किनभने भोलि हामी मर्नेछौं।”