Isaiah 22:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सार्वभौम, सर्वशक्तिमान् परमप्रभु आफैं मसित बोल्‍नुभयो र भन्‍नुभयो, “यस दुष्‍ट्याइँको निम्‍ति तिनीहरू नमरेसम्‍म माफ पाउनेछैनन्। म सार्वभौम, सर्वशक्तिमान् परमप्रभु यी कुरा भन्‍दछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सर्वशक्तिमान्‌ परमप्रभुले मेरो कानमा यो प्रकट गर्नुभयो: “यो पाप तिमीहरूको मर्ने दिनसम्‍म पनि प्रायश्‍चित गरिनेछैन,” परमप्रभु, सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सेनाहरूका याहवेहले मैले सुन्‍ने गरी यो प्रकट गर्नुभएको छ: “यो पाप तेरो मृत्युको दिनसम्म प्रायश्‍चित हुनेछैन” प्रभु, सेनाहरूका याहवेह भन्‍नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
सेनाहरूका परमप्रभुले ती कुराहरू मलाई भन्नुभयो अनि मैले आफ्नो कानले सुनें, “गल्ती कामहरू गरेकोले तिमी दोषी छौ। अनि म वचन दिंदछु कि तिमीहरू आफ्ना दोषबाट क्षमा पाउनु अघि नै मर्ने छौ।” यी कुराहरू मेरा मालिक, सेनाहरूका परमप्रभुले भन्नुभयो।