Isaiah 22:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सारा सहरमा होहल्ला भइरहेछ, मानिसका सोर र उत्तेजनाले सहर भरिएको छ। यस लडाइँमा मरेका तिम्रा मानिसहरू लडाइँ गरेर मरेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ए होहल्ला र खैलाबैलाले भरिएको नगर, आमोदप्रमोदले भरिएको नगर। तेरा मरेकाहरू तरवारले मारिएका होइनन्, न त तिनीहरू लड़ाइँमा मारिएका हुन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे होहल्ला र खैलाबैला भरिएको सहर, हे हलचल र उत्तेजनाले भरिएको नगर; मारिएका तेरा मानिसहरू तरवारद्वारा मारिएका होइनन्, न त तिनीहरू लडाइँमा मारिएका हुन्।
Nepali ERV (पवित्र बाइबल)
विगतमा, यो शहर अत्यन्त व्यस्त थियो। यो हल्लै हल्लाले भरिएको र अति सुखी शहर थियो। तर, अहिले स्थिति परिवर्तन भयो। तिमीहरूका मानिसहरू मारिए तर तरवारहरूले होइन्। मानिसहरू मरे तर युद्धमा लडेर होइन्।