Isaiah 22:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तेरो सरकारी वस्त्र र पटुका म त्यसलाई पहिर्याइदिनेछु र तेरा सबै अधिकार त्यसका हातमा दिनेछु। यरूशलेम र यहूदाका मानिसहरूका निम्ति त्यो बुबासमान हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म त्यसलाई तेरो पोशाक पहिर्याइदिनेछु र तेरो पटुका त्यसलाई बाँधिदिनेछु, र तेरो अधिकार म त्यसको हातमा सुम्पिदिनेछु। त्यो यरूशलेममा बस्नेहरू र यहूदाका घरानाको बुबा हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म त्यसलाई तेरो पोशाक पहिर्याइदिनेछु र त्यसलाई तेरो पटुका बाँधिदिनेछु; अनि तेरा सबै अधिकार त्यसलाई सुम्पिदिनेछु। त्यो यरूशलेममा बस्नेहरूका निम्ति र यहूदाको घरानाका निम्ति पिता हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
म तिम्रो पोशाक लैजानेछु अनि उसलाई लाउन दिनेछु। तिमीबाट यो लिए पछि म उसलाई राजकीय अधिकार प्रदान गर्नेछु। तिम्रोमा भएको काम म उसलाई दिनेछु। त्यो सेवक यरूशलेमका मानिसहरू अनि यहूदा परिवारको बुबा हुनेछ।