Isaiah 22:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म त्यसलाई किला गाडेझैँ बलियो गरी त्यसको ठाउँमा राख्नेछु र त्यसले आफ्नो सारा परिवारमा सम्मान्को स्रोत ल्याइरहनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म त्यसलाई बलियो ठाउँमा कीलाझैँ गाड्नेछु। त्यो आफ्नो बुबाको घरको निम्ति एउटा सम्मानको आसन हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म त्यसलाई एउटा स्थिर ठाउँमा गाडिएको किलाझैँ गाड्नेछु। त्यो आफ्ना पिताको घरानाका निम्ति एउटा सम्मानको आसन हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
म त्यसलाई यति बलियो बनाउनेछु जस्तो हतौडाले कुनै कडा फल्याकमा काँटी ठोकेर गाडिन्छ। त्यो सेवक आफ्नो बुबाको घरमा सम्माननीय आसनमा रहनेछ।