Isaiah 22:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तर त्‍यसका सबै नातेदार र ओतमा रहनेहरू त्‍यसका बोझ बन्‍नेछन्। किलामा भाँडाकुँडा र कचौराहरू झुण्‍डिएझैँ तिनीहरू त्‍यसमा झुण्‍डिनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्‍नो परिवारको सम्‍पूर्ण महिमा— त्‍यसका सन्‍तान र शाखाहरू, त्‍यसका हरेक ससाना पात्रहरू— कचौरादेखि गाग्रोसम्‍मको महिमा त्‍यसमै निर्भर गर्नेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आफ्नो परिवारको सम्पूर्ण महिमा—त्यसका सन्तान र शाखाहरू, त्यसका हरेक स-साना पात्रहरू—कचौरादेखि गाग्रोसम्मको महिमा त्यसमा नै निर्भर गर्नेछ।”
Nepali ERV (पवित्र बाइबल)
आफ्नो बाबुको सम्पूर्ण महिमा र मुख्य चीजहरू त्यसैमा झुण्डाईनेछ। ठूलाहरू र साना नानीहरू पनि उमाथि नै भर पर्नेछन्। साना थालहरू र पानीका ठूला बोतलहरू उसैमाथि झुण्डयारहेको जस्तो ती मानिसहरू हुनेछन्।