Isaiah 22:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसो हुँदा दरिलोसित गाडेको किला खुकुलो भई खस्‍नेछ। त्‍यसमा झुण्‍डिएका प्रत्‍येक कुराको अन्‍त त्‍यस्‍तै हुनेछ।” यो कुरा परमप्रभुले भन्‍नुभएको हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ, “त्‍यस दिन त्‍यो बलियो ठाउँमा गाड़िएको कीला हट्‌नेछ। त्‍यो काटिनेछ र ढलेर जानेछ, र त्‍यसमा झुण्‍डिरहेको भार काटिनेछ।” परमप्रभुले भन्‍नुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ, “त्यस दिन दृढ स्थानमा गाडिएको त्यो किला उखेलिनेछ; त्यो काटिएर ढल्नेछ, र त्यसमा झुण्डिएको भारी छिनेर जानेछ।” याहवेह बोल्नुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
“त्यसबेला, काँटी अर्थात शेब्ना जुन कडा काठमा भर्खंरै ठोकेर गाडियो त्यो कमजोर भएर भाँचिनेछ। त्यो काँटी भूईंमा खस्नेछ र त्यसमा झुण्डिएका वस्तुहरू सबै नष्ट हुनेछन्। तब मैले यस सन्देशमा भनेका सबै कुराहरू घट्ने छन्।” ती कुराहरू घट्ने नै छन् किनभने परमप्रभुले तिनीहरूलाई यसो भन्नु भएको थियो।