Isaiah 23:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो टुरोसबारे अगमवाणी हो: हे महासागरका नाविक हो, विलाप गर! तिमीहरूको मुख्‍य बन्‍दरगाह टुरोस ध्‍वस्‍त भएको छ। त्‍यहाँका घरहरू र जहाजले आश्रय लिने स्‍थानहरू श्रापित भएका छन्। तिमीहरूका जहाज साइप्रसबाट फर्केपछि यो खबर तिमीहरूले सुन्‍नेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
टुरोसको विषयमा ईश्‍वरवाणी: हे तर्शीशका जहाज हो, विलाप गर, किनकि टुरोस ध्‍वस्‍त पारिएको छ, र त्‍यहाँ कुनै घर अथवा कुनै बन्‍दरगाह छोड़िएको छैन। साइप्रसबाट एउटा कुरा तिनीहरूकहाँ आएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
टायरको विषयमा भविष्यवाणी: हे तर्शीशका जहाज हो, विलाप गर! किनकि टायर नाश भएको छ, र घर वा बन्दरगाहरहित भएको छ। कित्तीम देशबाट, तिनीहरूकहाँ यो वचन आएको छ।
Nepali ERV (पवित्र बाइबल)
सोरको विषयमा शोक सन्देश “हे तर्शीशका जहाजहरू हो! शोक मनाऊ! तिमीहरूको बन्दरगाह ध्वंश गरिएकोछ। जहाजहरूमा भएका मानिसहरूलाई सूचना दिइयो जब तिनीहरू कित्तिमहरूको भूमिबाट आफ्नो लक्ष्यतिर गईरहेका थिए।